कांग्रेस उपसभापतिमा देउवा पक्षका खड्का र कोइराला पक्षका गुरुङ विजयी

कांग्रेस उपसभापतिको जारी मतगणना बुधबार राति सकिँदा पूर्णबहादुर खड्काले सबैभन्दा बढी मतका साथ विजय हासिल गरेका छन्। निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, दोस्रो स्थानमा धनरमज गुरुङले झिनो मतान्तरले विजय गच्छदारलाई पराजित गरेका छन्।

देउवा पक्षका खड्का विजयी हुँदा कोइराला पक्षका गुरुङले देउवा पक्षका गच्छदारलाई पराजित गरेका हुन्।

कांग्रेसमा दुईजना उपसभापति निर्वाचित हुने व्यवस्था छ।