मरिण गाउँपालिकामा वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता हुने

मरिण गाउँपालिकामा वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । मरिण गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता भोलि (शनिबार) बाट सुरु हुनेछ ।

वडा नम्बर ७ को आयोजनामा पुरुष फुटबल प्रतियोगिता हुन लागेको मरिण गाउँपालिका ७ का वडा अध्यक्ष राजन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको पहिलो दिन भोलि नमो बुद्ध युवा क्लब देउजोर र आदर्श युवा क्लब गौरिटार वि बिच दिउँसो ४ बजे प्रतिस्पर्धा हुनेछ ।

वडा स्तरिय पुरुष फुटबल प्रतियोगितामा नमोबुद्ध युवा क्लव देउजर, आदर्श युवा क्लब गौरीटार ए, वि, र सि, जनजागरण युवा क्लब, नमुना युवा क्लब ए र वि, सृजना युवा क्लब ए र वि गरि ९ वटा क्लब सहभागि हुनेछन् ।

खेलमा सहभागि भई प्रथम र द्धितिय हुनेलाई नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रथम हुने टिमलाई रु २० हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुने टिमलाई रु १० हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेलमा सहभागि सम्पुर्ण टिमलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाएको छ । फुटबल प्रतियोगिता ६ गतेसम्म हुनेछ ।