नगरप्रमुख खत्रीद्धारा दृष्टिविहिन परिवारलाई कुटान पिसान मिल हस्तान्तरण

कमलामाई नगरपालिकाले एक दृष्टि विहिन परिवारलाई कुटान पिसान मिल हस्तान्तरण गरिएको छ । कमलामाई नगरपालिका वडा नम्बर १४ निवासी रामबहादुर खपाङ्गिको परिवारलाई मिल हस्तान्तरण गरिएको हो ।

कमलााई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले मिल हस्तान्तरण गर्नु भएको थियो । उहाँले दृष्टि विहिन परिवारलाई आयआर्जन मार्फत सम्मानपूर्वक जिविकोपार्जन गर्न सहज हुने भन्दै मिल हस्तान्तरण गरेको बताउनुभयो । मिल नगरपालिकाको आर्थिक सहयोगमा कुटान पिसान मिल हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति उज्जलप्रसाद वराल, नगर उपप्रमुख मञ्जु देवकोटा, कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, वडा नम्बर ९, १० र १४ का वडा अध्यक्षहरुको उपस्थितिको उपस्थिति रहेको थियो ।

May be an image of 3 people and people standing