घरभाडा नलिने नेकपा वडा इन्चार्ज थापाको घोषणा

नेकपा वडा नं. ७ का इन्चार्ज हेमवहादुर थापा । फोटोः प्रदेशखवर


सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगरपालिका वडा नं. ७ का इन्चार्ज हेमवहादुर थापाले आफ्नो घर भाडामा लिई बस्नेहरुबाट एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।
थापाले रातमाटा र पानीट्यांकी स्थित आफ्नो घरमा बस्नेहरु सँग कोरोना संक्रमणका बेला राहत स्वरुप भाडा नलिने बताएका हुन् । प्रदेशखवरसँगको भेटमा इन्चार्ज थापाले कोही पनि नागरिकरु श्रममा जोडिन नसकिरहेका बेला सरकारले गरेको आग्रहलाई आफुले स्वीकार्दै भाडामा बस्नेहरुसँग एक महिनाको भाडा नलिने निर्णयमा पुगेको उनले बताएका छन् ।
कोरोना संक्रमणका अबस्थामा नगरपालिका तथा स्थानीय निकायले लगाएको लकडाउनलाई दृढतापूर्वक कार्यान्वयन गर्नका लागि आग्रहगर्दै थापाले कमलामाई नगरपालिकाका पार्टी कार्यकर्ता र नेताहरुलाई आफ्ना घरमा बस्नेहरुको भाडा नलिनसमेत अपील गरेकाछन् ।