प्रहरी पोष्टमा ईन्चार्ज भएर गएको तीन महिनामै प्रहरी सहायक निरीक्षक गोबिन्द विकको हत्या भएको छ। हत्या भएका विकको कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा इन्चार्ज भएर गएको तीन महिना मात्रै पुगेको थियो।
उक्त पोष्टमा असईसहित १० जनाको दरबन्दी रहेको...
ज्येष्ठ नागरिक, एकल महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ।
तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ।
गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले...
धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको कैलाली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धनगढी उप–महानगरपालिका– ८ नवदुर्गा मन्दिर नजिकै बस्दै आएका स्थानीय हरिलाल विष्टको घरमा प्रयोग भएको खाना...
कञ्चनपुरकी एक सुत्केरीको बाँकेको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ। गर्भवती हुँदा नै निरन्तर रक्तश्राव भइरहेकी २९ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन्।
बच्चा जन्माएपछि पनि रक्तश्राव नरोकिएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो।
सेती अस्पतालमै बच्चा जन्माएकी महिलाको अशाेज १४...
कैलाली र कञ्चनपुरका १२ सहित सुदूरपश्चिमका थप १८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी जिल्ला अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४...
धनगढीको दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण भएको छ।
प्रहरीको थुनवा कक्षभीत्रै युवकद्वारा आत्महत्या सम्बन्धी समाचारलाई लिएर १५/२० जना युवाहरुको समूहले समाचारकक्षमै गएर सहसम्पादक जनकसिंह विष्ट लगायतका पत्रकारहरुमाथि आक्रमण गरेका हुन्।
दिनेश खबरले समाचारकक्षमै पत्रकारहरु कुटिएको भिडियो सार्वजनिक गरेको छ। ‘थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले...
सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआइटी) टोलीले पाटेबाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीले गोप्य सूचनाको आधारमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेको अवस्थामा पाटे बाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ...
कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ।
शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ।
दुई...
कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्।
जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चारजना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक...
नेपालमा आज कोरोना सङ्क्रमणका कारण गर्भवतीसहित ६ जनाको ज्यान गएको छ । आज पर्सामा तीन बुटवलमा दुई तथा पोखरामा एक जना गरी थप ६ जनाको ज्यान गएको हो ।
बाराको हर्दिया ४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२...