सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआइटी) टोलीले पाटेबाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीले गोप्य सूचनाको आधारमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेको अवस्थामा पाटे बाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बुङगल नपा ६ का २७ वर्षीय हरजित बोहरा र २३ वर्षका वीरेन्द्र बोहरा रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट बाघको छाला हड्डी बरामद गरेको छ।