कोरोना संक्रमणका कारण पर्सा जिल्लामा लगाइएको निषेधाज्ञा थप गरिएको छ। जिल्लाभरिमा अहिले लगाइएको निषेधाज्ञालाई जेठ १३ गते राति १२ बजेसम्म जारी राख्ने निर्णय गरिएको छ।
डिसिसिएमसीको बुधबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको...
जनकपुरधाम: कोरोना भाइरसको महामारी नियन्त्रणको लागि प्रदेश २ सरकारले प्रदेशमा रहेको विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा रहेको अस्पताललाई ५०-५० बेडको अस्पतालमा परिणत गर्ने...
कोरोना महामारीको संकटको घडीमा जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।
सर्लाहीको हरिवनमा सरोकारवालाहरुसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले अहिले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला नरहेको...
ट्राभल हिस्ट्री नै नभएका एक कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु भएको छ।
वीरगञ्ज–१५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको जिला प्रशासन कार्यालय पर्साले जनाएको छ।
उनको उपचारको क्रममा बिहीबार साँझ पौने ७ बजे नारायणी कोभिड १९ वीरगञ्ज हेल्थ...
भेन्टिलेटर र आइसियूको अभावमा सप्तरीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ की ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
शुक्रबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आकश्मिक कक्षमा...
गैरकानुनी र गैरसामाजिक कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेपछि कालिकामाईको परशुरामपुर गाउँका सर्वसाधारणले राहतको सास लिएका छन् भने दलालहरु भने छुटाउन सक्रिय भएका छन् ।विकासको काम रोक्न सडकमा फलामे किलो गाड्ने, सर्वसाधारणलाई कुटपिट गर्ने, निर्वाचित जनप्रतिनिधीलाई धम्क्याउने, स्थानीय काँग्रेस नेताको...
कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन भोलि (आइतबार)सम्ममा तयार हुने छानविन समितिले जानकारी दिएको छ ।
क्रियाशील सदस्यतासम्बन्धी विवाद कायम रहँदा विभिन्न तहका अधिवेशनहरू प्रभावित हुने देखिएकाले छिटो काम सक्ने तयारीमा समिति जुटेको हो । कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता...
मोटरसाइकलमा प्रेस लेखी हतियार बोकेर घुमिरहेका दुई जनालाई प्रहरीले आज सर्लाहीबाट पक्राउ गरेको छ ।
प्रेस लेखिएको मोटरसाइकलमा हतियार बोकेर घुमिरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले हतियारसहित सर्लाहीको बिष्णु गाउँपालिका ३ निवासी २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी...
भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका लाखौं मूल्य बराबरको सामान धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाको विदेह नगरपालिका–९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा हानेर भन्सार छलेर ल्याइएका समान नियन्त्रणमा लिएको हो ।
नदाफले तस्करी गरी ल्याएका समान...
पर्साको पोखरिया नगरपालिकाका मेयरसहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित थप ९२ जनामा कोरोना संक्रमण देखिएको हो।
नारायणी अस्पतालका अनुसार पोखरियाका मेयरसहित सो नगरपालिकामा ३३ जनामा कोरोना संक्रमण देखिएको हो। मेयरसहित उनका परिवारका...











