वीरगञ्जमा ट्राभल हिस्ट्री नभएका कोरोना संक्रमितको मृत्यु

ट्राभल हिस्ट्री नै नभएका एक कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु भएको छ।

वीरगञ्ज–१५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको जिला प्रशासन कार्यालय पर्साले जनाएको छ।

उनको उपचारको क्रममा बिहीबार साँझ पौने ७ बजे नारायणी कोभिड १९ वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो।

ज्वरो र खोकीले ग्रसित ती पुरुषको बुधबार स्वाब संकलन गरि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।