एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन बीचैमा अर्ली इलेक्सन भनेर आउने अवस्थाको चित्रण गर्नुभएको छ । बिजयादशमीलगायत बिभिन्न चाड पर्वको अवसरमा आज आफैले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीलै अर्ली...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २७ वर्ष देखिको निरन्तरतालाई कायम राख्दै दशैैलगायतका चाडपर्वको अवसरमा आज झापामा शुभकामना आदान प्रदानसहित चियापानको आयोजना गर्नुभएको छ ।
अध्यक्ष ओलीले गृहजिल्लामा दसैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडहरुको उपलक्ष्यमा हरेक...
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरुले प्रधानन्यायाधीशसँग मिलेर लोकतन्त्र मास्ने अभियान चालेको बताउनु भएको छ । नेता कोइरालाले विराटनगर– ४ इक्राहीमा आज नोना कोइराला स्मृति प्रतिष्ठान नेपालको भवन उदघाटन गर्दै यस्तो ठोकुवा गर्नुभएको हो...
पार्टीको कुनै एजेन्डा नभएको भन्दै नेकपा (माओवादी) पार्टी परित्याग गर्दै मोरङको कानेपोखरीमा सिंगो गाउँ नै एमालेमा समाहित भएका छन् । शनिबार नेकापा एमाले कानेपोखरी ४ नम्बर वडा कमिटीको विस्तारित बैठकमा नारायण चोक, नर्सरी टोल,मिलन चोक, पिङ्डाँडा, हस्तिनापुरका दुई दर्जन...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तोडफोड भएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
काम छाडेको विरोधमा लिम्बुवान, एमाले...
संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ।
प्रहरी निरीक्षक नेतृत्वको टोली मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्क पुगेको हो। सोमबार बिहान तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यहरु हत्या गरिएको अवस्थामा...
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेको स्पष्ट पारेकी छन् ।
नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताईन् । “म पार्टी विभाजनका...
कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि देशभर लगाइने भएको छ।
स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ। गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो...
विराटनगरका मेयर भीम पराजुली आफ्नै मतदाताबाट लखेटिनुभएको छ । कांग्रेस कार्यकर्तालाई मात्रै जम्मा गरेर खोप लगाउन थालेपछि बुधवार मध्यराती मेयर पराजुली लखेटिनु भएको हो ।
बुधबार मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट...
चट्याङ्ग लागेर रौतहटमा शनिबार बिहान एक जनाको मृत्यु भएको छ। परोहा नगरपालिका–२ जिगडवा घर भएका ३५ वर्षीय शेख जमसैदको चट्याङ्ग लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान ७ बजेको समयमा घर बाहिर बसिरहेका जमसेदलाइ अचानक चट्याङ्ग लागेपछि उनी घाइते भएका...












