चट्याङ्ग लागेर रौतहटमा शनिबार बिहान एक जनाको मृत्यु भएको छ। परोहा नगरपालिका–२ जिगडवा घर भएका ३५ वर्षीय शेख जमसैदको चट्याङ्ग लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान ७ बजेको समयमा घर बाहिर बसिरहेका जमसेदलाइ अचानक चट्याङ्ग लागेपछि उनी घाइते भएका थिए।
उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।











