एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन बीचैमा अर्ली इलेक्सन भनेर आउने अवस्थाको चित्रण गर्नुभएको छ । बिजयादशमीलगायत बिभिन्न चाड पर्वको अवसरमा आज आफैले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीलै अर्ली इलेक्शनको कुरा गर्नुभएको हो । परमादेशबाट विश्वमा कहिँ पनि सरकार नबनेको बताउँदै अध्यक्ष ओलीले सरकार निर्माणमा भएका सट्टापट्टाको वास्तविकता विस्तारै खुल्दै जाने उल्लेख गर्नुभयो । सरकारबारे ओलीले भन्नुभयो, ‘बीचैमा अर्ली इलेक्सन भनेर आउने हो कि ?’ उहाँले मुलुकमा अहिले शक्ति पृथकीकरणको सिद्धान्तविपरीतका काम भएको टिप्पणी गर्नुभयो । ‘लोकतान्त्रिक प्रणालीमा सबै निकायहरुले शक्ति सन्तुलनमा रहेर आ आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्नुपर्छ, अली परसम्म हेर्ने बानी पलाओस,’ उहाँले भन्नुभयो ।











