प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन्।
सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले लिम्पियाधुरा नसमेटिएको नक्सा प्रयोग गरेका हुन् ।
प्रधानमन्त्रीले दसैँको शुभकामना दिनका लागि प्रयोग भएको तस्बिरमा नेपालको निशान छाप अंकित गरिएको छ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएका छन् ।
झडपमा दुवै पक्षाका दर्जनौं व्यक्ति घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कार्यक्रमस्थलमा प्रवेश...
प्रधानमन्त्री केपी शर्मा ओलीले रअका प्रमुख सामन्तकुमार गोयलसँग बुधबार राति करिब दुई घन्टासम्म गरेको भेटको राष्ट्रपति कार्यालयले बचाउ गरेको छ।
राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका प्रसाद ढकालले रअ प्रमुख गोयलको आकस्मिक नेपाल भ्रमण र प्रधानमन्त्रीसँग उनको दुई घन्टा लामो भेटको बचाउ...
‘गुप्तचरका मुखिया एयरफोर्सको जहाज चढेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएका छन्, देश कूटनीतिक रूपमा धराशायी भएको अवस्था हो । राष्ट्रवादी र देशभक्त नागरिकका लागि योभन्दा लज्जाको विषय केही हुन सक्दैन, देशको शिर झुकेको छ ।’
छिमेकी भारतसँग कूटनीतिक र राजनीतिक वार्ता...
एशियाली बिकास बैंक एडिवीको सहयोगमा सिन्धुलीको तीनकन्यामासञ्चालित बिद्युतीकरण परियोजनामा गुणस्तरहिन सामाग्रीहरु प्रयोग गरिएकोबिबरणहरु बाहिर आएका छन् ।नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी प्रमुख कुलमान घिसिङका सहोदरदाई अर्थमान घिसिङ प्रमुख ठेकेदार रहेको सो परियोजनामा भएकोगुणस्तरहिन कामले कुलमान बाहिर जति सफेद देखिन्छन्...
सरकारले कोरोना भाइरस संक्रमितको उपचार खर्च बिरामी आफैले व्यहोर्नुपर्ने बताएलगत्तै संक्रमितको उपचार गरिरहेका अस्पताल अन्यौलमा परेका छन्।
सरकारले विरामीको अवस्था अनुसार उनीहरुको उपचार शुल्क निर्धारण गरे पनि अस्पतालहरु अन्यौलमा परिरहेका छन्। कतिपय अस्पतालहरुले सरकारले तोकेको शुल्क लागू गर्न सुरु गरिरसको...
अमेरिकाका सबै क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दो क्रममा रहेको विज्ञले बताएका छन् । यस्तै अस्पताल भर्ना गर्नु पर्ने कोरोना संक्रमितको संख्या पनि बढिरहेको विज्ञको भनाई छ ।
अमेरिकामा शुक्रबार एकै दिन झण्डै ७० हजार जनामा संक्रमण पुष्टि भएको...
पूर्वी लद्दाखको डेमचेक सेक्टरमा भारतले एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ।
वास्तविक नियन्त्रण रेखा पार गरेर भारतर्फ आइरहेका बेला उनलाई नियन्त्रणलाई लिइएको भारतले दाबी गरेको छ।
भारतीय सेनाका अनुसार उनलाई सबै किसिमका मेडिकल सुविधा, अक्सिजन, खाना तथा न्यानो लुगाहरु दिइएको छ...
सरकारले कोरोनाभाइरस संक्रमणको दर तीव्र गतिमा बढिरहेको र लक्षणसहितका संक्रमितहरूको समेत वृद्धि हुँदै गइरहेको भन्दै काठमाडौं उपत्यकालगायतका बढी प्रभावित जिल्लाहरूमा साविकमा तयार भइ हाल प्रयोगमा नरहेका र आइसोलेसन सेन्टरको रूपमा विकास गर्न सकिने क्वारेन्टिनलाई पन्ध्र दिनभित्र आइसोलेसन सेन्टर बनाउने...
नेपालमा कोरोना भाइरसका तीन हजार ७९० सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३६ हजार ३६ पुगेको छ ।
स्वास्थ्य तथा...












