एशियाली बिकास बैंक एडिवीको सहयोगमा सिन्धुलीको तीनकन्यामा
सञ्चालित बिद्युतीकरण परियोजनामा गुणस्तरहिन सामाग्रीहरु प्रयोग गरिएको
बिबरणहरु बाहिर आएका छन् ।
नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी प्रमुख कुलमान घिसिङका सहोदर
दाई अर्थमान घिसिङ प्रमुख ठेकेदार रहेको सो परियोजनामा भएको
गुणस्तरहिन कामले कुलमान बाहिर जति सफेद देखिन्छन् भित्र त्यतिनैं कुरुप छन्
र उनले जनतालाई उज्यालो दिएका नाममा अर्वौं रुपैयाँ आफन्तजन र
आसेपासेलाई ठेक्का लगायतका कामहरु दिएर कुम्ल्याएका छन् भन्ने तथ्यलाई बल
मिलेको छ ।
घिसिङको पेटी ठेकेदारका रुपमा काम गरेका सिन्धुली मिलनचोकका शुक्र थिङले
साविक तीनकन्या गाविसका सबै वडाहरुमा विजुली बिस्तारको जिम्मा लिएका थिए ।
तर उनले गाडेका बिजुलीका पोल बिजुली सप्लाई नहँुदै भाँच्चिएपछि उनीहरुको
गरेको गुणस्तरहिन कामको फेरिहस्त बाहिर आइपुगेको हो । ठेकेदारको
काममा यतिसम्म लापरवाही देखिएको छ कि जहाँ ठूलो बस्ती छ त्यहाँ कम
क्षमताको ट्रान्समिटर हालिएको छ भने थोरै घरधुरी रहेको क्षेत्रमा सबैभन्दा
ठूलो क्षमताको ट्रान्समिटर राखिएको स्थलगत रिपोर्टिङका क्रममा फेला
परेको छ । केही समय अगाडि अनुगमन गर्न आएका प्राधिकरणका
अधिकारीहरुले सो लापरबाहीपूर्ण कामलाई खानपान र आर्थिक लाभमा आँखा
चिम्लिएपछि सबै स्थानमा बत्ती राम्रोसँग नबल्ने भएको छ । पोल बोक्न र तार
टांग्न स्थानीयलाई जनश्रमदान गराएर ठेकेदार थिङ, वडा अध्यक्ष र नेकपाका २ जना
स्थानीय नेताले मोटै रकम हात लगाएका थिए । स्थानीयलाई पोल गाड्न खाल्डो
खनेवापत प्रतिखाल्डो ५ सय दिने भनेपनि नदिएपछि जनप्रियले समाचार लखेपछि
मात्रै ४ सय रुपैयाँ दिएका थिए । यो समाचार सिन्धुलीबाट प्रकाशित सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।