दशैंलाई घरको चार दिवार भित्रै मनाउँछौंः नेकपा जिल्ला इन्चार्ज दनुवार

हिजो मात्रै कोरोना संक्रण मुक्त हुनुभएका नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारले दशैंलाई घरको चार दिवार भित्रै बनाउने र विभिन्न पुस्तकहरु पढ्ने बताउनुभयो । उहाँले कोरोना संक्रमणका बेला सम्पूर्ण जिल्लावासीलाई आ आफ्नै घरमैं बसेर दशैं पर्व परिवारका साथ मनाउन अपील गर्नुभयो । आफुभन्दा अग्रज मान्यजनको हातबाट टिका लगाउने, पुस्तकहरु पढ्ने तथा प्रविधीको अधिकतम प्रयोगगरी पार्टीका साथी भाईहरुसँग छलफल र सम्वादहरु गर्ने काम गरिरहेको उहाँको भनाई थियो ।