सद भवनमा जनवरी ६ मा भएको हिंसात्मक आक्रमणका लागि समर्थकहरुलाई उक्साएको अरोपमा महाअभियोगको सामना गरेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले घटनामा ट्रम्पको कुनै संलग्नता नै नरहेको भन्दै बचाउ गरेका छन् ।
संसद भवनमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँचजनाको ज्यान...
शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन्।
शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई...
सर्वोच्च अदालतले अबको केही हप्तामा प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा भइरहेको सुनुवाईको अन्तिम किनारा लगाउने सम्भावना बढेर गएको छ । सर्वोच्च अदातलको फैसला प्रतिनिधीसभा विघटनको पक्षमा होस् वा विपक्षमा जे जस्तो भएपनि यसले नेपालको राजनैतिक भविष्यलाईनैं नयाँ...
माधव-प्रचण्ड समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै पत्रकारमाथि दुब्र्यवहार गर्नुभएको छ । काठमाडौंमा आज आयोजित सभामा बोल्दै गर्दा श्रेष्ठले मञ्चको माइकबाटै पत्रकारलाई समाचार संकलनको काम रोक्न आदेश दिँदै दुब्र्यवहार गर्नुभएको हो ।
अनुहार नकै कालो पारेर ठूलो स्वरमा श्रेष्ठले पत्रकारमाथि...
प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलहरुले प्रतिनिधिसभा विघटन गर्न पाउनु संघको अविशिष्ट अधिकारभित्र पर्ने जिकिर गरेका छन्।
बुधबार ओलीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले संविधानमा प्रष्टसँग उल्लेख नभएको अधिकार संघमा निहित हुने र संघको कार्यकारीको हैसियतले त्यो अधिकार...
नेपाल कम्युनिष्ट पार्टीको नेपाल- प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठगीधन्दा चलाएको आरोप लगाएका छन्।
प्रतिनिधि सभा विघटनविरूद्ध उक्त समूहले बुधबार राजधानीमा गरेको जनसभामा बोल्दै प्रचण्डले तीन वर्षको संगतबाट आफूले ओलीको ठगी धन्दाबारे राम्ररी थाहा...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै लगानीमा चितवनको माडी नगरपालिकाको अयोध्यापुरीमा राममन्दिर निर्माणलाई तीब्रता दिँदै मन्दिरमा प्रतिस्थापन गर्न राम र सीताको मूर्ति तयार गरेका छन् ।
राख्नका लागि राम र सिताको मूर्ति निर्माण गरेका छन् । सामाजिक सञ्जालमा बाहिरिएको उक्त मुर्तिको...
बिश्व स्थास्थ्य संगठनले कोरोना भाइरस उत्पत्तिको कारण पत्ता लगाएको छ । कोरोना भाइरस संक्रमण सुरु भएको चीनको वुहानमा स्थलगत भ्रमणपछि बिश्व स्वास्थ्य संगठनको टोलीले त्यहाँको सामुद्रिक खाना राखिएको बजारमा कोरोना (कोभिड–१९) को संक्रमण फैलिएको बताएको हो ।
विश्व स्वास्थ्य संगठनका...
म्यानमारमा सेनाको कू विरुद्ध आम नागरिकहरु सडक प्रदर्शनमा उत्रन थालेका छन्। यसरी भइरहेका प्रदर्शनमा अब शिक्षक र विद्यार्थी पनि सहभागी हुन थालेका छन्।
म्यानमारको ठूलो शहर यांगूनको एक विश्वविद्यालयमा प्रदर्शनकारीहरुले जेलमा थुनिएका आङ साङ सूकीसहितका नेताको रिहाईको माग गरेका छन्...
चीन सरकारले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल र चीनको...












