प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै लगानीमा चितवनको माडी नगरपालिकाको अयोध्यापुरीमा राममन्दिर निर्माणलाई तीब्रता दिँदै मन्दिरमा प्रतिस्थापन गर्न राम र सीताको मूर्ति तयार गरेका छन् ।
राख्नका लागि राम र सिताको मूर्ति निर्माण गरेका छन् । सामाजिक सञ्जालमा बाहिरिएको उक्त मुर्तिको लगानी आफ्नो व्यक्तिगत भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले प्रदेशखबरलाई जानकारी दिएको छ । पार्टी विभाजनपछि आफ्नो पक्षमा समर्थन जुटाउने कसरत तिब्र पारेका ओलीले प्रचण्डलाई चुनौति दिँदै उनको निर्वाचन क्षेत्र माडीको आयोध्यापुरीमा राममन्दिर निर्माण गर्न लागेका हुन्।
भगवान रामको जन्मथालो चितवनको माडीनैं रहेको उद्घोष गरेका प्रधानमन्त्री ओलीलले उक्त तथ्यलाई स्थापित गर्नका लागि अयोध्याधाम क्षेत्र विकास समितिसमेत गठन गर्ने सोचमा रहेको बताइएको छ । त्यहाँ प्रतिस्थापन गर्न बालुवाटारमा उनले तयार पारेको राम र सीताको मूर्तिको फोटो आइतबार सार्वजनिक भएपछि ओलीले आँटेपछि सबै पुरा गर्छन् भन्ने देखिएको छ ।
फोटो सार्वजनिक गर्ने ओली निकट चितवनका नेकपा युवा नेता सुदीप रेग्मीले प्रधानमन्त्री ओलीले माडीको अयोध्यापुरीमा निर्माण गर्ने राममन्दिरमा प्रतिस्थापन गर्नका लागि राम र सीताको मूर्ति तयार पारेको जानकारी आफूहरुलाई दिएको बताए ।
रेग्मीले ती मूर्तिहरु र प्रधानमन्त्री ओलीसँग खिचेका तस्बिरहरु आफ्नो फेसबुकमा सार्वजनिक गर्दै भनेका छन्, ‘अयोध्याधामका लागि तयार गरिएका रामसीताको मुर्ति आफ्नै आँखाले देखेर आइयो। अब माडीलाई मणि बनाउने सम्माननीय प्रम ओलीको सपना पूरा हुने लक्षण देखिँदैछ।’
रेग्मीले गत निर्वाचनमा प्रचण्डलाई जिताउन माडी पुगेका बेला ओलीले माडीलाई मणि बनाउने घोषणा गरेको र हाल आएर उनले त्यसलाई यथार्थमा परिणत गर्न खोज्दा आफूहरु उत्साहित भएको बताए ।
उनले ‘ यसअघि प्रचण्डलाई चुनाव जिताउन प्रधनमन्त्री ओली यहाँ आउँदा माडीलाई मणी बनाउने प्रतिवद्धता जनाउनु भएको थियो। त्यो पुरा हुन्छ कि हुँदैन भन्नेमा हामी चिन्तित थियौँ। आफ्नो निर्वाचन क्षेत्रको विकासमा प्रचण्डले ध्यान दिनु भएन। तर प्रधानमन्त्री ओलीले यो क्षेत्रको धार्मिक र पर्यटकीय विकासका लागि सक्रियता देखाउनु ठूलो कुरा हो।’
बालुवाटारमा राम र सीताको मुर्ति देखेपछि दंग परेको बताउने चितवनकी राष्ट्रियसभा सदस्य दिलकुमारी रावल ‘पार्वती’ले आफ्नो प्रतिवद्धता पूरा गर्ने प्रधानमन्त्री ओलीको स्भाव भएकाले ओध्यापुरीमा छिट्टै राममन्दिर निर्माण गर्ने विश्वास व्यक्त गरिन् ।
ओलीले माडी नगरपालिकाको साविकको अयोध्यापुरीमा रामको जन्म भएको र यस क्षेत्रमा अयोध्याधामको निर्माण गर्नुपर्ने अभिव्यक्ति केही समय यता सार्वजनिकरुपमा दिँदै आएका थिए।











