सद भवनमा जनवरी ६ मा भएको हिंसात्मक आक्रमणका लागि समर्थकहरुलाई उक्साएको अरोपमा महाअभियोगको सामना गरेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले घटनामा ट्रम्पको कुनै संलग्नता नै नरहेको भन्दै बचाउ गरेका छन् ।
संसद भवनमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँचजनाको ज्यान जाने गरि भएको आक्रमणमा ट्रम्पको संलग्नता छ भन्नु गम्भीर झुठ बाहेक केही नरहेको उनका वकिलहरुले बताएका छन् ।
आक्रमण योजनावद्ध तरिकाले भएकाले त्यसमा ट्रम्पको संलग्नता कुनै पनि अवस्थामा पुष्टि नहुने वकिलहरुले सिनेटमा भइरहेको सुनुवाईको क्रममा रक्षात्मक वकाल गर्दै दाबी गरेका हुन् ।
वकिल भाइक्ष्कल भान डेर वीनले पूर्व राष्ट्रपतिविरुद्ध भइरहेको महाअभियोगको सुनुवाई राजनीतिक रुपमा प्रेरित भएर डेमोक्र्याटहरुले गरेको ‘विच हण्ट’ मात्रै रहेको दाबी गरे ।
सिनेटमा रहेका अधिकांश रिपब्लिकन सदस्यहरुले ट्रम्पलाई दोषी ठहर गर्ने पक्षमा मतदान नगर्ने संकेत गरेका छन् ।
ट्रम्पको डिफेन्स टिमले सिनेटमा सुनुवाईको क्रममा पाएको १६ घण्टाको समय मध्ये चार घण्टा भन्दा कम मात्रै प्रयोग गरे । उनीहरु महाअभियोगको सुनुवाई प्रक्रिया चाँडो पूरा गर्ने पक्षमा देखिएका छन् ।
रिपब्लिकन सिनेटरहरुले दोषी ठहर गर्ने पक्षमा मतदान गर्ने सम्भावना नरहेकाले वकिलहरुले सुनुवाई प्रक्रियालाई हलुका रुपमा लिएको विश्लेषण छ ।
वकिलहरुको डिफेन्स बहसअघि हाउस इमपिचमेन्ट म्यानेजरर्सले प्रमाणसहित दुई दिनसम्म आफ्नो केस प्रस्तुत गरेका थिए ।