विश्वव्यापी महामारीको रुप लिएर विश्वका अधिकांश देशमा संकटको अवस्था सिर्जना गरेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर २० लाख भन्दा धेरै पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर कुल संक्रमितको संख्या २० लाख १९ हजार भन्दा बढी रहेको...
दक्षिण एशियाका देशहरूमध्ये कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भारतमा देखिएको छ।
त्यहाँ अहिलेसम्म ९,२४० जना सङ्क्रमित भएका छन् भने ३३१ जनाको मृत्यु भइसकेको छ।
सङ्क्रमणको परीक्षणका लागि सङ्घर्ष गरिरहेको भारतले चीनबाट ५ लाख द्रुत परीक्षण कीट मगाएको भए पनि त्यो आइपुगिनसकेको...
चीनले कोरोनाभाइरसबाट १ सय ८ जना नयाँ सङ्क्रमित पाइएको जनाएको छ जुन पाँच साताभन्दा लामो समयपछिको उच्च सङ्ख्या हो।
ती मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ।
आधाभन्दा बढी मानिसहरू रुससँग सीमा जोडिएको उत्तरी प्रान्त खेलुङजियाङका रहेका छन्।
भाइरस सुरुमा...
वीवीसी: भारतले दशौँ हजार मानिसहरूलाई घरमै क्वारन्टीनमा राखेको छ। तर मानिसहरूलाई त्यसरी घरभित्रै राख्नका लागि अपनाइएका केही कदमहरूले भने नचाहेको र नमिठो असरहरू पारेका छन्। मानिसलाई घरभित्रै राख्नका लागि क्वारन्टीनमा बसेका मानिसहरूको घरबाहिर स्टिकरहरू टाँसिएका छन् भने उनीहरूका व्यक्तिगत...
कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउनको कार्यान्नयन गर्न नसकेपछि टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजीनामा दिएका छन् ।
सुलेमान टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन नजिकका नेता मानिन्छन् । टर्कीका सबै ३१ शहरमा लकडाउनको घोषणा गरिएको थियो तर घोषणापछि स्थिति सहज भएन...
कोरोना भाइरसको महामारीका कारण बेलायतमा पनि १० हजारभन्दा बढीको मृत्यु भएको छ।
आइतबार साँझसम्म बेलायतमा १० हजार ६ सय १२ जनाको ज्यान गएको छ। यो भाइरसले १० हजार बढी ज्यान गुमाउने बेलायत पाँचौँ देश हो। अमेरिकामा सर्वाधिक २० हजार ६...
एजेन्सी: कोरोना भाइरसबाट संक्रमित बनेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सन बुधबार डिस्चार्ज भएको रोयटर्सले जनाएको छ।
उनका प्रवक्ताले भनेका छन्, ‘स्वास्थ्यमा निरन्तर सुधार देखिएपछि प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।’
कोरोनाबाट संक्रमित...
मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ। भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ।
बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ। अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको...
अमेरिकी अधिकारीहरुले कोरोना भाइरसको महामारीले स्थिर रुप लिएको र अब केही दिनमा ओरालो लाग्ने बताइरहेका बेला शुक्रवार मात्रै एकै दिन दुई हजार भन्दा बढीको मृत्यु भएको डेली मेलले समाचार लेखेको छ । अखवारका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा दुई...
के भारतले अर्को साता समाप्त हुने अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा लगाइएको २१ दिने प्रतिबन्धलाई निरन्तरता दिन्छ? सबै पक्ष विचार गर्दा त्यसले निरन्तरता पाउने छ।
मार्च २४ मा भारतले २९ खर्ब डलरको आफ्नो अर्थतन्त्रलाई बन्दाबन्दीको अवस्थामा राखेको थियो।
त्यस दिनदेखि उसले सम्पूर्ण...