कोरोना भाइरसको विश्वव्यापी महामारीले मानवीय गतिविधि प्रायः अधिकांश क्षेत्रमा घरभित्र सीमित भएका छन् । मानिसहरु घरमै बस्न बाध्य छन् संक्रमणबाट जोगिनका लागि ।
अत्यावश्यक बाहेकका सेवाहरु खुलेका छैनन्, सार्वजनिक स्थानमा मानिसको चहलपहल लगभ शून्य जस्तै छ विश्वका अधिकांश क्षेत्रमा ।

यसले अर्थतन्त्रमा असर गरेको छ र यो प्रभाव लामो समय रहने जनाइएको छ । तर संक्रमण रोक्न वा फैलिन नदिनका लागि पनि लकडाउनसहितका उपाय अति प्रभावकारी देखिएका छन् ।
कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउनले खुशी हुने समुदाय पनि छन् । त्यो समुदाय हो वातावरण र जंगली जनावर । मानिस घरमा सीमित भएपछि जनावरहरु स्वच्छन्द भएका छन् । वातावरण स्वच्छ भएको छ ।
जंगली जनावरले मानिसको गतिविधि कम भएको थाहा पाउँछन् र आफूलाई निर्धक्क बनाउने गर्छन् । यस्तै गरेका छन् दक्षिण अफ्रिकाका सिंहहरुले ।

मानिसहरु लकडाउनका कारण बाहिर ननिस्किएको थाहा पाएका दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरु बाटोमै आएर आराम गर्न थालेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउन अन्तर्गत क्रुगर राष्ट्रिय निकुञ्ज मार्च २५ सम्मका लागि बन्द गरिएको छ ।
लकडाउनसँगै मानिसहरुको गतिविधि कम भएपछि सिंहहरु मुल सडकमै आएर आराम गर्न थालेका हुन् । सामान्य अवस्थामा सिंह या बाघहरु बाटोमा देख्ने भनेको रेन्जरहरुले रातिको समयमा मात्रै हो ।
तर रेन्जर रिचर्ड सावरी बुधबार गस्तीका लागि राष्ट्रिय निकुञ्जमा गएका थिए । उनले सामान्य अवस्थामा पर्यटकले भरिभराउ हुने सडकमा सिंहहरु शानका साथ सुतिरहेको देखेका हुन् । रेन्जर रिचर्डले उनीहरुको तस्बिर लिए ।
Kruger National Park@SANParksKNP
Kruger visitors that tourists do not normally see. #SALockdown This lion pride are usually resident on Kempiana Contractual Park, an area Kruger tourists do not see. This afternoon they were lying on the tar road just outside of Orpen Rest Camp.Section Ranger Richard Sowry