चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ।
काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो।
चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४...
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको हो। मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल...
पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको...
काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १३७३, ललितपुरका १८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार देशभर २२५३ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको...
प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकारले आफूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएका छन्।
प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत् एवं प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत् आफूमा सङ्क्रमण भएको जनाएका हुन्।
सूर्य थापाले फेसबुकमा लेखेका छन्:...
अनुसन्धानहरूले सुझाए अनुसार कोभिड-१९ को लक्षण खोकी वा ज्वरोभन्दा गन्ध थाहा नपाउनु भरपर्दो सङ्केत हुनसक्छ।
युनिभर्सिटी कलेज लण्डनले ५९० जना मानिसमा गरेको अध्ययन अनुसार यो वर्षको सुरुमा स्वाद र गन्ध गुमाएका ८० प्रतिशतमा कोरोनाभाइरसको एन्टिबडिहरू भेटिएको थियो।
एन्टिबडिहरू भएका ती व्यक्तिमध्ये...
स्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत मोरङ, चितवन र सुर्खेत कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँहरुमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।
आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बोल्दै...
लकडाउन खुलेसँगै विभिन्न ठाउँबाट ओहोर दोहोर गर्ने बित्तिकै पिसिआर परीक्षण गर्नुको कुनै औचित्य नभएको स्वास्थ्य मन्त्रालयले जाएको छ। शनिबार मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जिल्ला बाहिरबाट काठमाडौँ भित्रिएका व्यक्तिलाई घरबेटीले पीसीआर परीक्षण गरेको रिपोर्ट नदेखाई घर भित्र पस्न नदिएको भन्दै...
ललितपुरमा थप तीन जना कोरोना स्रंक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन्।
दुईजनाको मेघा अस्पताल र एकजनाको बयोधा अस्पतालमा मृत्यु भएको हाे।
मेघा अस्पतालमा असोज ६ गते भर्ना भएकी ७०...
पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।









