उपत्यकामा १५३१ जनामा कोरोना संक्रमण पुष्टि

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

 पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् ।

संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ ।