प्रधानमन्त्रीओलीका तीन सल्लाहकारसहित ७४ जनामा कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकारले आफूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत् एवं प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत् आफूमा सङ्क्रमण भएको जनाएका हुन्।

सूर्य थापाले फेसबुकमा लेखेका छन्: “हिजोको पीसीआर परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो। यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।” बालुवाटारस्थित एक उच्च स्रोतका अनुसार निजी सचिव इन्द्र भण्डारीसहित कुल ७४ जनामा शनिबार संक्रमण देखिएको हो।