
लकडाउन खुलेसँगै विभिन्न ठाउँबाट ओहोर दोहोर गर्ने बित्तिकै पिसिआर परीक्षण गर्नुको कुनै औचित्य नभएको स्वास्थ्य मन्त्रालयले जाएको छ। शनिबार मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जिल्ला बाहिरबाट काठमाडौँ भित्रिएका व्यक्तिलाई घरबेटीले पीसीआर परीक्षण गरेको रिपोर्ट नदेखाई घर भित्र पस्न नदिएको भन्दै यसो नगर्न आग्ह गरेका हुन्।

उनले भने,‘काठमाडौँमा आएका मानिसलाइृ घरबेटिले घर भित्र पस्न नदिएका खबर आइरहेका छन्। संक्रमित व्यक्तिको सम्पर्कमा आएको पाँच दिन पछि मात्र परीक्षण गर्दा आफू संक्रमित भए नभएको थाहा हुने भएका कारण यात्रा गर्ने बित्तिकै पीसीआर परीक्षण गर्नुको कुनै अर्थ छैन।’