प्रदेश समाचार

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड-१९ अस्तालमा एक संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका प्रवक्ता एवं डा. निदेश सापकोटाका अनुसार प्रदेश २ को सिराहस्थित लहानका २२ वर्षीय युवकको सोमबार ३ बजे अपरान्ह मृत्यु भएको हो। लहानको गोविन्दपुर मलाहाना २ का युवकमा...
कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिएका बाँकेका एक थुनुवा फरार भएको प्रहरीले जनाएको छ।खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशनबाट थुनुवा भागेका हुन्। बाँके प्रहरीले लागुऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएका थुनुवालाई संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा पठाइएको थियो।...
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गएको साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी श्यामलाल ज्ञवालीले...
रुपन्देहीमा थप दुईजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाइ गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल १ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। बुटवल १ निवासी...
थापाथलीमा रहेको परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालका दुई चिकित्सक सहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण हुनेमा नर्स र कार्यलय सहयोगी रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार संक्रमित सबैलाई आइसोलेशनमा राखिएको छ।
वीरगञ्जको कोरोना अस्थायी विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना संक्रमित थुनुवा फरार भएका छन्। शनिबार राति अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचाररत दुई जना संक्रमित थुनुवा फरार भएका हुन्। संक्रमण देखिएपछि उपचारको लागि भर्ना भएका उनीहरु अस्पतालका स्वास्थ्यकर्मी सुरक्षा गार्डको...
पर्सामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको विभिन्न स्थानका गरी आइतबार थप १ सय ४२ जनामा संक्रमण देखिएको हो। शनिबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा चिकित्सक, पत्रकार, थुनुवा, उधोगका मजदुर लगायतमा संक्रमण पुष्टि...
सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण...
 बारा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद गरेको छ। प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीमा चेकिङ्ग गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो। प्रहरीले बेनौली चोकतर्फबाट आएका मोटरसाइकललाई रोकी चेकजाँच...
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा रहेका आइसीयु बेड लक्षणसहितका कोरोना भाइरसका संक्रमितले भरिएका छन्। अस्पतालमा १६ वटा बेड रहेकोमा सबैमा लक्षण देखिएका बिरामी छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ। ‘थप लक्षण देखिएका बिरामी उपचारका लागि आएमा भर्ना गर्नका लागि...
- Advertisement -

भरखरै प्राप्त