पर्सामा १ सय ४२ संक्रमित थपिए

पर्सामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको विभिन्न स्थानका गरी आइतबार थप १ सय ४२ जनामा संक्रमण देखिएको हो।

शनिबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा चिकित्सक, पत्रकार, थुनुवा, उधोगका मजदुर लगायतमा संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिनेमा वीरगञ्जको नारायणी एफएममा कार्यरत पाँच जना पत्रकार र कर्मचारी, नेशनल मेडिकल कलेजका तीन, भवानी अस्पतालका एक र तराई अस्पतालका एकसहित पाँच चिकित्सक, हिमाल आइरन प्रालीका ३ र नेपाल फर्म्यासटियुकल प्रालिका ९ जना मजदुरहरु रहेका छन्।

यस्तै पर्साको पर्सागढी नगरपालिकाका ४, बिन्दवासिनी गाउँपालिकाका ९ जनामा कोरोना देखिएको छ।

वीरगञ्ज महानगरपालिकाको श्रीपुर, रेशमकोठी, नगवा, तेजारथ टोल, मुर्ली, राधेमाइ, कुम्हाल टोल, अपौनी, बसडिलवा लगायतका टोलमा कोरोना संक्रमितहरु भेटिएका छन् ।