रुपन्देहीमा थप दुईजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाइ गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल १ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।
बुटवल १ निवासी ६७ वर्षीया महिला भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन्।
उनी मृगौला र उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ। उनमा आइतबार बिहानदेखि स्वास्थ्यमा गम्भीर समस्या आएको र थप उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।