बारामा स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद

 बारा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद गरेको छ। प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीमा चेकिङ्ग गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो।

प्रहरीले बेनौली चोकतर्फबाट आएका मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालकले साथमा बोकेको झोला फाली फरार भएका थिए।

प्रहरी टोलीले झोला नियन्त्रणमा लिई खोलेर हेर्दा नेपाली एक हजार दरका ७ सय ६२ थान र पाँच सय दरका १६ सय ७६ थान गरी सोह्र लाख नगद फेला पारेको हो।

रकम लिएर आएका मोटरसाइकल चालक फरार भएकोले उनको खोजी कार्य भइरहेको तथा रकम प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।