धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड-१९ अस्तालमा एक संक्रमितको मृत्यु भएको छ।
प्रतिष्ठानका प्रवक्ता एवं डा. निदेश सापकोटाका अनुसार प्रदेश २ को सिराहस्थित लहानका २२ वर्षीय युवकको सोमबार ३ बजे अपरान्ह मृत्यु भएको हो।
लहानको गोविन्दपुर मलाहाना २ का युवकमा अत्याधिक खोकी, श्वासप्रश्वासमा समस्या, र ज्वरो आएका कारण बीपीकै आइसीयुबाट कोभिड अस्पतालमा रिफर गरिएको थियो।

गत मंगलबार २ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना गरिएका युवक लागुपदार्थ सेवनकर्ता र मुटुको समस्या रहेका प्रवक्ता सापकोटाले जानकारी दिए । कोरोना भाइरसको लक्षणसहित उनको आइतबार ७ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।
हाल उनको शव ब्यवस्थापनको तैयारी भइरहेको प्रतिष्ठानले जनाएको छ। प्रदेश १ मा हालसम्म प्रदेश २ बाट संक्रमितको उपचारका क्रममा ५ जनाको मृत्यु भएको छ।
यससंगै प्रदेशमा २२ जनाको मृत्यु भएको छ। जसमा प्रदेश १ बाट १७ जना रहेका छन्।