प्रहरी वृत्त महाराजगञ्जका थुनुवा र पाँच प्रहरीमा कोरोना पुष्टि

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गएको साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी श्यामलाल ज्ञवालीले उज्यालोलाई जानकारी दिए ।

थुनुवा र प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि अरुको पनि परीक्षण भइरहेको उनले बताए। सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा पठाइएको छ ।

सङ्क्रमण पुष्टि भएका प्रहरी थुनुवाको सम्पर्कमा आएका थिए ।