विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिएर हत्या प्रयास भएको विषयमा अमेरिकाले रुसका उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले रुसका शीर्ष गुप्तचरसहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो । युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो ।
नाभाल्नीमाथि...
संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ।मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो।
संघीय संसद सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधि सभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तै भएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि...
सर्वोच्च अदालतबाट निर्णायक राजनीतिक पराजय भोगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको प्रतिद्वन्द्वी समूहसँग थप भिडन्तमा जाने संकेत दिएका छन्।
शुक्रबार उनले नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका मुख्य सचेतक देव गुरुङलाई पदमुक्त गरेका छन्। गुरुङले ओलीको यो कदम अर्थहीन भएको...
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक बिहीबार पनि बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
नेकपाको बुधबार बसेको स्थायी कमिटि बैठकमा सर्वोच्चले संसद विघटन...
नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई राजधानी उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् ।
उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् ।
कांग्रेसका नेता महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘सुरुमा स्टे अर्डर देला...
सिन्धुलीको भिमानमा एक कार्यक्रमका बीच सहिद ऋषिराज देवकोटा आजादको ४० औं स्मृति दिवश भव्यताका साथ मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले सहिद आजादले सिन्धुलीको कम्युनिष्ट...
पार्टी एकताको प्रयास नयाँ सिराबाट अघि बढ्ने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।
नेपालले भने, ‘असंवैधानिक रुपमा गरिएको संसद विघटन सर्वोच्चबाट बदर भएसँगै पार्टी एकताको नयाँ विकल्प पनि खुला भएको छ । तर त्यसका लागि केपी शर्मा ओलीले...
सर्वोच्च अदालतले मंगलबार संसद पुनर्स्थापनाका पक्षमा फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको संवैधानिक इजलासले १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीसहितलाई निर्देशनात्मक आदेश पनि दिएको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ। संवैधानिक इजलासले मंगलबार...











