सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक बस्दै, आज दिउँसो २ बजे पत्रकार सम्मेलन

सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक बिहीबार पनि बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

नेकपाको बुधबार बसेको स्थायी कमिटि बैठकमा सर्वोच्चले संसद विघटन असंवैधानिक ठहर गर्दै बदर गरेपछिको अवस्थाबारे छलफल भएको थियो ।

प्रधानमन्त्री ओली अहिलेसम्म संसद सामना गर्ने मनसायमा रहेको उनी निकटले बताएका छन् । बिहीबारको बैठकमा पनि संसद पुर्स्थपाना भएपछिको रणनीतिबारे छलफल केन्द्रित हुने जनाइएको छ ।यसैबिच प्रधानमन्त्री ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेको समाचार स्रोतले बताएको छ । पत्रकार सम्मेलनको उदेश्यवारे थप जानकारी नदिइएपनि अदालतको फैसला र भावी योजनावारे वोल्ने थाहा लागेको छ ।