सिन्धुलीको भिमानमा एक कार्यक्रमका बीच सहिद ऋषिराज देवकोटा आजादको ४० औं स्मृति दिवश भव्यताका साथ मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले सहिद आजादले सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्नुभएको थियो ।


प्रमुख अतिथीका रुपमा बोल्दै अध्यक्ष पोखरेलले नेपालका कम्युनिष्ट नेतृत्वले आजादबाट पाठ सिक्नुपर्ने बताएका थिए ।
जिल्ला अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतामा भएको सभामा आजादकी जीवन संगिनी एवम् नेकपाकी केन्द्रीय सदस्य गोमा देवकोटाले पञ्चायतकालीन अबस्थामा पार्टीका काम गर्दा पाएका दुःख र यातनावारे चर्चा गरेकी थिइन् ।
कार्यक्रममा ठूलो संख्यामा स्थानीय पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, उमा कोइराला, डम्वर कार्की, शान्तिमान कार्की, कौशल कोइराला लगायतका नेताहरुको उपस्थिति थियो ।


