सर्वोच्च अदालतबाट निर्णायक राजनीतिक पराजय भोगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको प्रतिद्वन्द्वी समूहसँग थप भिडन्तमा जाने संकेत दिएका छन्।
शुक्रबार उनले नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका मुख्य सचेतक देव गुरुङलाई पदमुक्त गरेका छन्। गुरुङले ओलीको यो कदम अर्थहीन भएको बताएका छन्।
‘नेकपा संसदीय दलको नेता पदबाट ओलीलाई हटाइ पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भइसकेको अवस्थामा ओलीसँग त्यस्तो कुनै अधिकार छैन,’ उनले भने।
सर्वोच्च फैसलापछि ओलीले राजीनामा गरी एकता प्रकृयालाई अगाडि बढाउनुपर्ने माग ओली पक्षबाट समेत आइरहेको बेला गुरुङलाई पदमुक्त गरेर ओलीले त्यो मागलाई अस्वीकार गरेका छन्।
गुरुङको स्थानमा ओलीले विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएका छन्।