दोलखाको वैत्यश्वर गाउँपालिकाका एक दम्पती अलग पार्टीको नेतृत्वमा निर्वाचित भएपछि नेपाली कांग्रेसले पतिलाई स्पष्टीकरण नै सोधेको छ ।दोलखाको प्रदेशसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति शुक्र तामाङकी पत्नी सीता वम्जन एमालेको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएपछि दोलखा कांग्रेसमा खैलाबैला...
एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुसहित सात विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । सात बिद्यार्थी संगठनले आज बिज्ञप्ती जारी गरी यस्तो आग्रह गरेको हो ।
अनेरास्ववियुका अध्यक्ष सुनिता बराल, अखिल पाँचौं अध्यक्ष पवित्रा...
प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ। सोमबार अपराह्न भएको मतदानमा दुई तिहाई बढी सांसदहरुले मधेशको नाममा मतदान गरेपछि सभामुख सरोजकुमार यादवले प्रदेश २ को नाम ‘मधेश’ कायम भएको घोषणा गरेका हुन्।
‘मधेश’ प्रदेशको नाममा ८० जनाले मतदान...
नेकपा एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो...
कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा आइतबारदेखि दिइने भएको छ। यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो।
स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर मात्रा...
नेकपा एमालेका शीर्ष नेतालाई कोरोना संक्रमण देखिएको छ । महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य सुजिता शाक्यलाई कोरोना संक्रमण भएको सूचना सार्वजनिक भएलगत्तै अन्य नेताहरु पनि धमाधम संक्रमित बनेको सूचना आएको छ ।
महासचिव पोखरेलले शुक्रवार आफूलाई कोरोना संक्रमण भएको...
राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताउनु भएको छ । माघी र माघे संक्रान्तिका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।
‘सूर्य उत्तरायण...
सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु गुपचुप नियुक्त गरेको छ । उनीहरुलाई नियुक्तिपत्र दिनका लागि शुक्रबार अबेरसम्म तयार पारेर राखिएकाे मन्त्रालय स्रोतले बतायो ।
पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरकाे थियो ।...
प्रमुख सत्तारुढ नेपाली कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको प्रष्टाएको छ । कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले लिपुलेक प्रकरणकारे पार्टीको धारणा सार्बजनिक गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर...
नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ।
नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भैपरी आउने...












