गठबन्धन सरकारद्धारा २८ जिल्लामा भूमि आयोग अध्यक्ष गुपचुप नियुक्त

सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु गुपचुप नियुक्त गरेको छ । उनीहरुलाई नियुक्तिपत्र दिनका लागि शुक्रबार अबेरसम्म तयार पारेर राखिएकाे  मन्त्रालय स्रोतले बतायो ।

पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरकाे थियो । तर, उक्त निर्णयलाई सार्वजनिक गरिएको थिएन । साथै सरकारले यो निर्णय राजपत्रमा समेत प्रकाशित गरेको छैन ।

अघिल्लो सरकारले भूमि आयोगका जिल्ला अध्यक्षलाई नियुक्ति दिनुअघि राजपत्रमा सूचना प्रकाशित गरेको थियो । देवी ज्ञवालीको नेतृत्वको उक्त आयोग देउवा सरकारले खारेज गरेर नयाँ बनाएको छ । आयोग बनाइएको लामो समयपछि जिल्ला अध्यक्ष नियुक्त गरिएको हो । कार्यकर्ता भर्तीको आरोप लाग्ने डरले गुपचुपरुपमै काम गरिएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्रोतको भनाइ छ ।

नियुक्त गरिएका २८ जिल्ला अध्यक्षलाई सपथग्रहण गराइने तयारी भए पनि नियुक्ति गरिएको बारेमा मन्त्रालयदेखि आयोग सम्मका कुनै पनि पदाधिकारीले जानकारी गराउन चाहेनन् । मन्त्रालयका प्रवक्ता जनकराज जोशीले शुक्रबार ४ बजे पदाधिकारीलाई सपतग्रहण गराउने कार्यक्रमबारे केहि समय अघि मात्रै जानकारी आफुलाई गराएको बताए । उनले भने, ‘मलाई पनि केहि समय अघि मात्रै सफतग्रहण कार्यक्रम छ तपाइले पनि जानुपर्यो भनेर सचिव ज्यूले भन्नुभयो । तर, मैले जान भ्यादिन भने । यति मात्रै मलाई जानकारी छ अरु केहि पनि थाहा छैन । सम्बन्धित महाशाखा प्रमुख र सचिव ज्यूलाई थप जानकारी होला ।’

भूमि व्यवस्थापन महाशाखा प्रमुखसमेत रहेका मन्त्रालयका सहसचिव महेश बरालसँग बुझ्दाँ उनले भने प्रवक्तासँग जानकारी लिन भने । तर, प्रवक्तालाई यस बारेमा जानकारी छैन । तपाई सम्बन्धित महाशाखा प्रमुख भएकाले पदाधिकारीलाई नियुक्ती पत्र नै दिएर सफतग्रहण गराउने तयारी भइरहेको छ नि के हो भन्ने प्रश्नमा उनले भने, ‘यसमा मैले केहि पनि बाेलिन  र यसमा मेरो केहि पनि प्रतिक्रिया छैन् ।’

मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे भने सम्पर्कमा नै आउन चाहेनन् । तर, मन्त्रालयका सचिव पाण्डे र सहसचिव बराल सचिवकै कार्यकक्षमा बसेर शुक्रबार अबेरसम्म सचिवालयका कर्मचारीले तयार पारेको नियुक्ती पत्रमा हस्ताक्षर तथा रुजु गर्ने काम गरिरहेका थिए ।

सरकारले गत ३० भदौमा अध्यक्ष देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्दै राष्ट्रिय भूमि आयोग गठन गरेको थियो । आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्का नियुक्त भएका थिए ।

  • ताप्लेजुङ – कृष्णकुमार बस्नेत
  • इलाम – भरत बहादुर खत्री
  • ओखलढुंगा – अशोककुमार कार्की
  • पाँचथर– दिनेशकुमार लावती
  • झापा– तिलकसिंह पाण्डे
  • सुनसरी– भगिरत खात्वे
  • भोजपुर – दिलकुमार राई
  • काभ्रे – हरिबहादुर केसी
  • धादिङ– कृष्णप्रसाद अर्याल
  • तनहुँ – रामचन्द्र अधिकारी
  • कास्की – गंगाप्रसाद पोखरेल
  • बागलुङ– धर्मबहादुर कुँवर
  • लमजुङ – दामोदर अधिकारी
  • रुपन्देही– हरिबहादुर आचार्य
  • अर्घाखाँची– यादव घिमिरे
  • गुल्मी– राम मल्ल ठकुरी
  • प्यूठान– इमानसिंह खड्का
  • सुर्खेत– श्रीधर पौडेल
  • दैलेख – नयराम थापा
  • डडेलधुरा– शेरबहादुर भण्डारी
  • कञ्चनपुर– देवेन्द्रराज ढुंगाना
  • उदयपुर– बलबहादुर तामाङ
  • सिन्धुली– रामकुमार पौडेल