नेपालमा थप २ सय ७३ जना नयाँ कोराना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कारोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ।
यस्तै कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
स्वास्थ्य तथा...
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धि गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताएका छन् ।
नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धिभन्दा राष्ट्रघाति महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताए ।
सुगौली सन्धिले...
निशान छाप संशोधन गर्ने संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ।
कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गरेकी छिन्।
उनको प्रस्तावपछि दलीय आधारमा विधेयकमाथि सांसदहरुले बोल्ने क्रम सुरु भएको छ।
सरकारविरुद्ध काठमाडौँमा भइरहेको प्रदर्शनमा सहभागी पाँचजना विदेशीसहित आठजना पक्राउ परेका छन् ।
प्लेकार्डसहित प्रदर्शनमा उत्रेका चिनियाँ, अमेरिकी, अष्ट्रेलियन, क्यानडियन र नर्वेजियन गरी पाँचजना विदेशी पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरु सबै प्ले कार्डसहित प्रदर्शनमा उत्रको बेला नियन्त्रणमा लिइएको प्रहरीको...
साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले देशव्यापी प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ ।
सो पार्टीले शनिबार विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी...
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार सचिवालय बैठक बोलाउने समझदारी भएको छ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा उक्त समझदारी भएको स्रोतले बतायो। तर सचिवालय...
धनुषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतमा शम्भु सदा मंगलबार मृतअवस्थामा भेटिए। सवारी ज्यानसम्बन्धि मुद्दामा दुई सातादेखि हिरासतमा रहेका शम्भु शौचालयको ‘भेन्टिलेसन’ मा झुण्डिएको अवस्थामा भेटिएका थिए। मुसहर समुदायका शम्भु गाउँकै एकजना साहुको ट्रयाक्टर चलाएर जीवनयापन गर्दै आइरहेका थिए।
बुवा रोजगारीको...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ भने एकै दिन (शुक्रबार) ४४८ जानमा कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।
यस्तै कोरोना भाइरसकै कारण नेपालमा १६ जनाले ज्यान गुमाइसकेका छन् जसमा...
सरकारले ८० दिन लामो लकडाउनपछि मोडालिटी परिवर्तन गर्ने योजना ल्याएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै नेपाल सरकारको प्रवक्ता तथा संचार मन्त्रालय समेत सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेका हुन्...
राष्ट्रियसभा सदस्यहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्यले हत्या तथा आत्महत्याका घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धान हुन नसकेको, हजारौँ...












