काठमाडौ: सरकारले अवैतनिक महावाणिज्यदूतहरुलाई प्रदान गर्दै आएको केही सेवा सुविधा खोसेको छ।
कार्यालय प्रयोजनका लागि प्रदान गरिएको निलो नम्बर प्लेट र झण्डाको सुविधा केही अवैतनिक महावाणिज्यदूतले दूरुपयोग गरेको पाइएको भन्दै परराष्ट्र मन्त्रालयले ती सेवामा तत्कालका लागि प्रतिबन्ध लगाएको हो ।
कालोबजारीमा...
कोरोना भाइरस संक्रमणको जोखिमसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृहमा प्राविधिक समस्या आएका कारण बन्द भएको पशुपति क्षेत्र विकास कोषका कार्यंकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । कोरोनाबाट पहिलो संक्रमित सिन्धुपाल्चोककी महिलाको शनिबार...
जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ।
भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको छ।
जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको...
ललितपुरको बीएन्डबी अस्पतालअगाडि चक्रपथमा बिहीबार साँझ टाटा सुमोको ठक्करले दुई पैदल यात्रीको मृत्यु भयो।
पैदल यात्री बीएन्डबी अस्पतालकै कर्मचारी थिए। साँझ पौने ७ बजे अस्पताल अगाडि रहेको चक्रपथ सडक खण्डमा बाटो काट्न लाग्दा उनीहरुलाई टाटा सुमोले ठक्कर दिएको थियो। उनीहरु...
पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ।
पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका...
ग्वाल्टारः देशब्यापी रुपमा फौलिएको कारोना संक्रमणको नयाँ भेरियण्ट रोकथाम र नियन्त्रणका लागि सिद्धार्थ वैँक गोलन्जोर शाखाले गोलन्जोर गाउपालिकाको कोरोना कोषमा दुई लाख सहयोग गरेको छ ।
गाउँपालिका कार्यालयमा एक कार्यक्रमका बिच बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धार्थ वैंक गोलन्जोरका...
कर्णाली प्रदेशसभाका एमाले माधव नेपाल पक्षका चार जना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
पार्टी निर्णय विपरीत फ्लोर क्रस गरेर माओवादीका महेन्द्र बहादुर शाहीलाई मतदान गरेको अभियोगमा कारबाहीमा परेका चार सांसद पद अदालतले जोगाइदिएको हो।
नेपाल पक्षका सांसदहरु...
सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एकताका लागि गठित कार्यदलले तयार पारेको सहमतिको मस्यौयामा हस्ताक्षर हुन नसकेपछि आज बोलाइएको स्थायी कमिटी बैठक सोमबारसम्मलाई स्थगित भएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार कार्यदलको...
नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ। नेपाली कांग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद...
अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका ११८ जना नेपाली कामदार आज बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कुवेतबाट चार्टर्ड जहाजमा ती नेपालीलाई काठमाडौं ल्याइएको हो ।
कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरू मंगलबार बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...












