जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ।
भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको छ।
जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्।

नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको सो रेल हाल भारतको बिहार स्थित हाजीपुर स्टेसनबाट जयनगर आइपुगेको हो।
लामो समय देखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछी स्थानीय उत्साहित भएका छन्।











