पशुपतिनाथ मन्दिर क्षेत्रको किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द

कोरोना भाइरस संक्रमणको जोखिमसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृहमा प्राविधिक समस्या आएका कारण बन्द भएको पशुपति क्षेत्र विकास कोषका कार्यंकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । कोरोनाबाट पहिलो संक्रमित सिन्धुपाल्चोककी महिलाको शनिबार राती विद्युतीय शवदाहगृहमा अन्त्येष्टी गरिएको थियो । त्यसपछि मेसिनलाई पूर्ण स्यानिटाइज गर्ने क्रममा प्राविधिक समस्या आएका कारण विद्युतीय शवदाह गृह बन्द भएको खतिवडाले जानकारी दिए ।

‘कोरोना संक्रमितको अन्त्येष्टिपछि पूर्ण स्यानिटाइज गरेपछि विद्युतीय शवदाह गृहलाई पूर्ण स्यानिटाइज गर्नुपर्छ,’ उनले भने, ‘सोही क्रममा केही प्राविधिक समस्या आएपछि बन्द भएको हो ।’ उनका अनुसार इन्जिनियरहरुले यसको मर्मतपछि एक/दुई दिनमै सञ्चालन गरिने उनको भनाइ छ ।

यता, किरियापुत्री भवन भने तत्कालका लागि बन्द गरिएको छ । अहिले किरियामा बसिरहेका मानिसहरुबाहेक नयाँ किरिया पशिुपतिमा नबस्ने गरी बन्द गरिएको उनले जानकारी दिए ।

किरियापुत्री भवनका सम्पूर्ण कोठाहरु केही समय खाली राखेर भाइरसरहित बनाउनु पर्ने भएका कारण केही दिन नयाँ किरियापुत्रीलाई पशुपतिमा बस्न रोक लगाइएको हो ।

‘नियमित प्रयोगमा रहेका कोठाहरु आइसोलेसन गर्नुपर्छ,’उनले भने,’सोहीकारण पूर्णतया सरसफाई गरी कोठाहरु राखी राख्नका लागि नयाँ किरियात्रीलाई तत्काल पशुपतिमा नराख्ने निर्णय भएको हो ।’