एमालेमा सहमति जुटाउन कार्यदल बिफल, स्थायी कमिटी बैठक सोमबारसम्मलाई स्थगित

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एकताका लागि गठित कार्यदलले तयार पारेको सहमतिको मस्यौयामा हस्ताक्षर हुन नसकेपछि आज बोलाइएको स्थायी कमिटी बैठक सोमबारसम्मलाई स्थगित भएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार कार्यदलको प्रतिवेदन नआएपछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको हो । यसअघि सम्झौतामा हस्ताक्षर भए लगत्तै माधव नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । सहमतिकै लागि आज विहान ११ बजे बस्ने भनिएको बैठक कार्यदललाई पर्खदै ४ बजे सारिएको थियो । तर साँझसम्म पनि कार्यदलमा हस्ताक्षर नभएपछि अन्तिम प्रयाश स्वरुप सोमवारसम्म बैठक स्थगित गरिएको हो ।

बरिष्ठ नेता माधवकुमार नेपालको अनुचित सर्त र पदीय आकांक्षामा कार्यदल बन्धक बनेपछि आजबाट सहमतिको संभावना निकै क्षीण बनेको छ । यद्यपी वार्ता टोलीमा सहमतिको सम्भावना कम हुँदै गए पनि पार्टीमा फर्किन चाहने नेताहरुलाई मौका दिन आजको बैठक स्थगित गरिएको हो । केन्द्रीय कार्यालय सचिव तामाङका अनुसार अब सर्वोच्च अदालतको फैसला लगत्तै स्थायी कमिटी बैठक बस्ने र त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बसेर पार्टी अघि बढ्ने छ । सोमवार सर्वाेच्चले फैसला गर्दैछ ।

एमाले अध्यक्ष ओलीले सर्वाेच्चको फैसला आउँदासम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई बिक्रि गरिएको हस्ताक्षर कायमै राख्नेहरु एमाले नेता कार्यकर्ता नरहने घोषणा केन्द्रीय कमिटी बैठकमै गरिसक्नु भएको छ । बरिष्ठ नेता नेपाल सर्वाेच्चको फैसला अघि सहमति नगर्ने नीतिअनुसार अनुचित माग गरेको कारण अव कार्यदलको औचित्यमाथि नै प्रश्न खडा भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव तामाङले पनि अव कार्यदलको सम्झौताको औचित्य पनि लगभग सकिएको प्रष्ट पार्नुभयो ।

सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको समर्थन फिर्ता आजसम्म नभएकाले अब नयाँ ढंगले अघि बढ्ने जानकारी तामाङले दिनुभयो ।