गोलन्जोरमा स्थानीयलाई उन्नतजातको बाख्रा बितरण

गोलन्जोर: सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आज एक कार्यक्रमका बीच स्थानीयलाई आय आर्जनमा जोड्ने उदेश्यले बाख्रा बितरण गरेको छ । गाउँपालिका, हेफर इन्टरनेशनलको आर्थिक सहयोग तथा गैर सरकारी संस्था सिड्सको संयोजनमा वडा नं. ६ का स्थानीयलाई जमुना पारी नामको बाख्रा अध्यक्ष पुष्प कार्कीले हस्तान्तरण गरेकाछन् ।
आर्थिक अबस्था कमजोर भएका नागरिकहरुलाई लक्षितगर्दे तीन वर्षे कार्यक्रम अन्र्तगत यस वर्ष वडा नं. ६ मा ५० वटा बाख्रा वितरण गरिएको हो । सो अबसरमा अध्यक्ष कार्कीले गाउँपालिकामा २५० वटा उन्नतजातका बाख्रा र बोका वितरण गरिने जानकारी गराएका थिए ।-अशोक ठकुरीबाट