एमाले नेता देवकोटालाई पितृ शोक

नेकपा एमाले सिन्धुलीका नेता केशव देवकोटालाई पितृ शोक परेको छ । सन्देश जनप्रियलाई भर्खरै प्राप्त बिबरण अनुसार नेता देवकोटाका पिता एवम् एमाले बागमती प्रदेश कमिटी सदस्य रस्मिला देवकोटाको ससुरा लिलानाथ देवकोटाको ९६ वर्षको उमेरमा आज बिहान ५ बजे निधन भएको हो । स्वर्गीय देवकोटाको खुर्कोट स्थित सुनकोशी नदीमा बिहान १० बजे अन्तिम संस्कार गरिने परिवारका एक सदस्यले जानकारी दिए । उहाँ लामो समयदेखी निमोनिया रोगबाट ग्रसित हुनुहुन्थ्यो । प्रदेश खबरडटकम स्वर्गीय देवकोटाप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछ ।