कमलामाई नगरपालिकाले २७ औं स्थापना दिवश मनाउँदै, उत्कृष्ठ किसानलाई सम्मान गरिने

सिन्धुलीको कमलामाई नगरपालिकाको २७ औं स्थापना दिवस बिभिन्न कार्यक्रमका साथ बनाउँदैछ । स्थापना दिवशको अबसरमा कमलामाई नगरपालिकाले नगर क्षेत्रका उत्कृष्ठ किसानहरुलाई सम्मान गर्ने कार्यक्रम कार्यक्रम गर्दैछ । । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य दाहालका अनुसार कार्यक्रममा नगरपालिकाद्धारा सञ्चालित खेलकुद प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार बितरण गरिने छ । स्थापनामा दिवशमा शुभकामना आदान प्रदान र अतिथिहरुबाट नगरपालिकाले राय सुझाब पनि लिने बताइएको छ । स्मरणीय छः प्रत्येक वर्ष आजकै दिन कमलामाईले आफ्नो स्थापना दिवश बनाउँदै आएको छ ।