२४ घण्टामा ५२ सय २५ जना कोरोनामुक्त, ५ लाख २१ हजार पुग्यो संक्रमण जित्नेको संख्या

पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना संक्रमणसँगको लडाई जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर यस अवधीमा ५२ सय २५ जना कोरोनामुक्त भएका हुन । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ।

यस्तै यस अवधीमा ३ हजार ७ सय ५० जना नयाँ संक्रमित थपिएका छन । १५ हजार १८२ वटा नमूना परीक्षण गराउँदा ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ९ हजार ५९८ नमूनाको पीसीआर र ५५ सय ८४ नमूनाको एन्टिजेन परीक्षण गराउँदा ३ हजार ७५० जनामा संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६७ जनाको मृत्यु भएको छ।