सिन्धुलीमा बहुप्रकोप जोखिम सम्बन्धी तालिम शुरु

सिन्धुलीः बहुप्रकोप जोखिम सम्बन्धी दुई दिने तालिम सिन्धुलीमा शुरु भएको छ ।
प्लान नेपालको साझेदारी तथा ह्याण्डस नेपालको आयोजनामा उक्त तालिम संचालन भएको हो । तालिममा मरिण गाउँपालिकाको ४८ वटा विद्यालय र दुधौली नगरपालिकाको ७९ वटा विधालयमा प्रणाली निर्माण गरी विद्यालयका सम्पुर्ण डाटा प्रविष्ट गरेको छ भने उक्त विद्यालयको प्रविष्ट भएको डाटालाई त्यस प्रणाली मार्फत कसरी हेर्ने र संचालन गर्ने प्रविधिक कुराहरुको सहजिकरण भएको थियो ।
तालिमामा मरिण गाउँपालिका १५ जना र दुधौली नगरपालिकाको १५ जना गरी ३० जनालाई विद्यालयको क्षेत्र भित्र रहेको बहुप्रकोप जोखिमका डाटाहरुको वारे कसरी अपडेट गर्ने, जहा जुनसकै ठाउँवाट पनि बिद्यालयकोवारेमा विभिन्न जानकारीहरु उक्त प्रणालीवाट थाहा हुने भएकाले विद्यालयमा योजनाहरु वनाउने मुख्य उदेश्य रहेको बताइएको छ ।