पुशपतिमा शिवरात्री मेला हेर्न गएका सर्लाही हरिपुरका युवा बेपत्ता, परिवारका सदस्य भन्छन्ः खोजतालास कतैबाट पनि भएन

काठमाडौ: पशुपति क्षेत्रमा लागेको शिवरात्री मेला हेर्न कोटेश्वरबाट हिंडेका २० वर्षीय युवा महेश थापा बेपत्ता भएको परिवारजनले बताएका छन् । सर्लाही ,हरिपुर -१निवासि महेश थापा २५ गते साँझ ७ः३० बजेको समयमा कोटेश्वर काठमाडौबाट पशुपति मन्दिर जान भनि निस्किएको र हालसम्म पनि परिवारको सम्पर्कमा नआएको दिदी सम्झना थापाले प्रदेशखबरलाई जानकारी दिइन् ।

परिवारका सदस्यले भने वेपत्ता भएको यतिका दिन बितिसक्दा समेत कतैबाट पनि खोजतलास नभएको बताउँछन् । मन्दिर जानका लागि पकेट खर्चसमेत वोकेर निस्केका थापा गएदेखी परिवारको सम्पर्कमा नआएकाले कहीं कतै देख्नु भएमा परिवारका सदस्यको फोन नं. ९७६७३०४६४५, ९८४०७४७२३३ र ९८४०७४७२१९ वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन परिवारजनले आग्रह गरेको छ ।