सुनकोशी गाउँपालिका ६ रिठ्ठे सिन्धुलीका आगलागी पिडितलाई नेकपा एमाले सुनकोशी पालिका कमिटीले राहत बितरण गरेको छ । पालिका कमिटी अध्यक्ष अशोक गिरीले दिएका जानकारी अनुसार आगलागीबाट पिडित बनेका चार घर परिवारलाई तत्कालाका लागि राहत सामाग्री बितरण गरिएको हो । एक एक बोरा चामल, चिउरा, नून तेल, मसला, दाल तरकारी लगायतका सामाग्रीहरु रहेको अध्यक्ष गिरीले बताए । थुम्कास्थित रिठ्ठेभिर सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किँदा घर तथा गोठ जलेर करिब १५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
