अमेरिका हिडेका सात नेपाली क्यारेबियन सागरमा डुंगा डुब्दा समुन्द्रमा बे’पत्ता भएका छन्।क्यारेबियन सागरमा भएको डुंगा दुर्घ’टनामा बेपत्ता हुने सात नेपालीहरुमा दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका हुन् । सँगै बेपत्ता भएका अन्य तीनजना नेपाली युवाको भने नाम र ठेगाना खुलेको छैन ।
अमेरिका छिर्नको लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियनकोस्टस्थित कपुरगाडा जाँदै गर्दा क्यारेबियन सागरमा डुंगा दुर्घटना भएको हो । अवै’द्य ढंगले अमेरिका हिँडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५ गते नै कोलम्बियाको समुन्द्रमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । डुंगामा सात नेपाली र अन्य विवेशी गरेर १८ जना युवा सवार थिए । जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ। तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन् ।











