नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा दल दर्ता खारेजीका लागि परेको निवेदन सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन्।

केही अवसरवादी, लालची र अनैतिक तत्वहरुको उक्साहटमा पार्टीलाई बदनाम गराउन यस्तो हर्कत गरिएको विज्ञप्तिमा उल्लेख छ।
माओवादी केन्द्र छाडेर एमाले बनेका नेताहरुले पार्टी अवैध रहेको जिकिर गर्दै दर्ता खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन्।











