तालिबानसँगको भिडन्तपछि सैनिकहरू ताजिकिस्तानतर्फ भागे

जम्मु कास्मिरमा बेपत्ता स्पेशल पुलिस फोर्सका अधिकारीको खोजीका लागि सडकमा बख्तरबन्द गाडीसहित तैनाथ भारतीय सैनिक । फोटोः एजेन्सी

अफगानिस्तानका एक हजारभन्दा बढी सैनिकहरू तालिबान उग्रवादीहरूसँगको भिडन्तपछि भागेर छिमेकको ताजिकिस्तानतर्फ गएका अधिकारीहरूले बताएका छन्।

ताजिकिस्तानको सीमा सुरक्षा सैन्यले जारी गरेको एक विज्ञप्तिका अनुसार ती अफगान सैनिकहरू “आफ्नो ज्यान जोगाउन” भागेर सीमापार पुगेका हुन्।

अफगानिस्तानमा हिंसा चर्किएको छ र हालैका दिनमा तालिबानहरूले देशको उत्तरी भेगमा कब्जा गर्ने कार्यमा उल्लेख्य उपलब्धि हासिल गरिरहेको बताइएको छ।

बीस वर्षपछि अमेरिका, यूके र गठबन्धन सैन्य त्यहाँबाट फिर्ता जान थाल्दा भिडन्तहरूमा वृद्धि भएको देखिएको छ।